Erani Mahal
पाल्पामा शुक्रबार १४ जना कोरोना संक्रमित थपिए
corona-virus-covid-19
पाल्पा – जिल्लामा शुक्रबार थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमित तानसेनका ७ जना, माथागढीका १ जना, पूर्वखोलाका १ जना, तिनाउका १ जना र रिब्दीकोटका ४ जना रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । योसंगै पाल्पामा कोरोना संक्रमित हुनेको संख्या १ हजार १ सय २२ पुगेको छ । शुक्रबार पाल्पामा ९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । योसंगै जिल्लामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ सय ८० पुगेको छ । पाल्पामा कोरोना संक्रमणका कारण हालसम्म १० जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०७७  १५:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update