Erani Mahal
यी हुन विश्वमा सबैभन्दा मूल्यवान ब्राण्ड
apple
एजेन्सी- ब्राण्ड तथा ब्राण्डिङ व्यवस्थापन सम्बन्धी अमेरिकी मार्केटिङ कन्सल्टेन्सी कम्पनी इन्टरब्राण्डले वार्षिक रुपमा प्रकाशित गर्दै आएको विश्वका सर्वाधिक मूल्यवान ब्राण्डहरुको नयाँ सूचि सार्वजनिक भएको छ । इन्टरब्राण्डको बेस्ट ग्लोबल ब्राण्डस् रिपोर्ट २०२० को सूचिमा प्रविधि क्षेत्रका ब्राण्डहरुको दबदबा रहेको छ । रिपोर्ट अनुसार विश्वका सर्वाधिक मूल्यवान १ सय ब्राण्डहरुको ब्राण्डभ्यालू पछिल्लो एक वर्षमा ९ प्रतिशतले वृद्धि भएर २ ट्रिलियन नाघेको छ । इ कमर्श कम्पनी अमेजनको ब्राण्डमूल्य यस अवधिमा सबैभन्दा उच्च दरमा बढेको छ । रिपोर्ट अनुसार कोरोना भाइरस महामारीका कारण विश्वका मूल्यवान ब्राण्डहरुको मूल्य झनै बढेको छ भने प्रविधि ब्राण्डहरुलाई झनै शक्तिशाली बनाइदिएको छ ।बेस्ट ग्लोबल ब्राण्ड रिपोर्ट अनुसार विश्वका सर्वाधिक मूल्यवान ब्राण्डहरुको सूचि यस्तो छः १. एप्पल : विश्वको सबैभन्दा मूल्यवान ब्राण्डको रुपमा पहिलो स्थानमा एप्पल रहेको छ । एप्पलको ब्राण्डमूल्य ३ खर्ब २२ अर्ब ९९ करोड डलर रहेको छ । २.अमेजन : विश्वको सर्वाधिक मूल्यवान ब्राण्डको दोश्रो स्थानमा रहन सफल अमेजनको ब्राण्डमूल्य २ खर्ब ६६ करोड डलर रहेको छ । ३.माइक्रोसफ्ट : रिपोर्ट अनुसार १ खर्ब ६६ अर्ब डलर ब्राण्डभ्यालूका साथ माइक्रोसफ्ट विश्वको सर्वाधिक तेश्रो मूल्यवान ब्राण्डको रुपमा रहेको छ । ४. गुगल : चौथो स्थानमा रहेको इन्टरनेट जाएन्ट गुगलको ब्राण्डभ्यालु १ खर्ब ६५ अर्ब ४४ करोड डलर रहेको छ । ५.सामसुङ : दक्षिण कोरियाली कम्पनी सामसुङ विश्वको टपफाइभ मूल्यवान ब्राण्डको रुपमा रहन सफल भएको छ । जसको ब्राण्डभ्यालु ६२ अर्ब २८ करोड डलर रहेको छ । ६. इन्टेल : छैटौँ मूल्यवान ब्राण्डको रुपमा रहेको इन्टेलको ब्राण्डमूल्य ३६ अर्ब ९७ करोड डलर रहेको छ । ७. फेसबुक : सोसल मिडिया कम्पनी फेसबुक विश्वको सातौँ सर्वाधिक मूल्यवान ब्राण्डका रुपमा दरिन सफल भएको छ । उसको ब्राण्डमूल्य ३५ अर्ब १८ करोड डलर रहेको छ । ८. आइबिएम : ब्राण्डभ्यालु ३४ अर्ब ८८ करोड डलर सहित आइबिएम आठौँ स्थानमा रहेको छ । ९. सिस्को : अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी सिस्को विश्वको नबौँ सर्वाधिक मूल्यवान ब्राण्ड बन्न सफल भएको छ । यसको ब्राण्डभ्यालु ३४ अर्ब ११ करोड डलर रहेको छ । १०. स्याप : टपटेन मूल्यवान ब्राण्डमा पर्न सफल जर्मनीको बहुराष्ट्रिय सफ्टवेयर कम्पनी स्यापको ब्राण्डमूल्य २८ अर्ब १ करोड डलर रहेको छ । त्यसैगरी फेसबुक मातहतको सोसल मिडिया प्लाटफर्म इन्स्टाग्राम २६ अर्ब डलर ब्राण्डमूल्य सहित ११ औँ स्थानमा रहेको छ भने १७ अर्ब ३२ करोड डलर सहित युट्युब १३ औँ स्थानमा छ । टेस्ला १४ औँ स्थानमा रहँदा इ बे १६ औँ, फिलिप्स १७ औँ, पेपल २० औँ, एचपी बाइसौँ तथा क्यानोन २३ औँ मूल्यवान ब्राण्डको रुपमा रहेका छन् । त्यस्तै चिनिया कम्पनी हुवावे विश्वको २६ औँ सर्वाधिक मूल्यवान ब्राण्डको रुपमा रहेको छ । जसको ब्राण्डभ्यालु ६ अर्ब ३० करोड डलर रहेको छ । त्यस्तै प्यानासोनिक २७ औँ स्थानमा रहँदा भिडियो कन्फ्रेन्सिङ प्लाटफर्म जूम ३० औँ स्थानमा रहेको छ । एजेन्सीको सहयोगमा
प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०७७  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update