Erani Mahal
यसवर्ष लिपिनदेवी मन्दिरमा सरायँ नाच नहुने
lipindevi
पाल्पा - तानसेन –११ बन्दिपोखरास्थित लिपिनदेवी मन्दिरमा कोजाग्रत पूर्णिमाका दिन हुँदै आएको सरायँ नाच यसवर्ष नहुने भएको छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण यसवर्ष मन्दिरमा सरायँ नाच लगायत अन्य साँस्कृतिक कार्यक्रम नगरिने मन्दिर संरक्षण तथा व्यवस्थापन समितिकी उपाध्यक्ष गंगादेवी ज्ञवालीले जानकारी दिनुभयो । [caption id="attachment_14339" align="alignnone" width="768"] तस्वीर : सुशिल नेपाल[/caption] मन्दिरमा हरेक वर्ष दशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमामा ऐतिहासिक सरायँ नाच हुने गर्दथ्यो । स्थानीय युवा क्लवको आयोजनामा राष्ट्रिय कलाकारका साथ सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिन्थ्यो । मन्दिरमा पूजाआजाका साथै सरायँँ नाच र सांस्कृतिक कार्यक्रम हेर्न हजारौंको उपस्थिति हुँदै आएको थियो । ‘तर यसवर्ष कोरोनाका कारण भीडभाड हुने कुनै पनि कार्यक्रम नगर्ने निर्णय गरेका हौं’– उपाध्यक्ष ज्ञवालीले भन्नुभयो । मन्दिरमा बडादशैंको घटस्थापनादेखी कोजाग्रत पूर्णिमासम्म हुने विशेष पूजाआजा पनि यसवर्ष गरिएको छैन् । नियमित नित्यपूजा भने भईरहेको छ । विगतका वर्षमा निकै चहलपहल हुने मन्दिर यसवर्ष सुनसान छ । जिल्लाका अन्य मन्दिरमा पनि कोजाग्रत पूर्णिमाका दिन हुने सरायँ नाच लगायतका अन्य कार्यक्रम यसवर्ष कोरोना भाइरसका कारण स्थगित भएका छन् ।
प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०७७  ०७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update