Erani Mahal
कोरोना कहरको दशैं : अधिकांशको टीका परिवारभित्रै सिमित
bipana_karki1
पाल्पा –तानसेन कैलाशनगरमा ब्यवसाय गर्दै आउनुभएकी जानकी घिमिरे यसवर्ष दशैंको टीका लगाउन गाउँ जानुभएन् । कोरोना भाइरस संक्रमणको जोखिमका कारण यसवर्ष गाउँमा रहेका आफन्त र परिवारकोमा नगई तानसेनमा परिवारभित्रै टीका लगाएको उहाँले बताउनुभयो । ‘कोरोना संक्रमण बढिरहेको यस्तो अवस्थामा गाउँघर जान उचित लागेन् । त्यसैले यही बसेर टीका लगायौं’–उहाँले भन्नुभयो । तानसेन भगवतीटोलका रविन श्रेष्ठले पनि यसवर्ष दशैंको टीका घरभित्रै सीमित गरेको बताउनुभयो । उहाँले ईरानीमहलसंग भन्नुभयो –‘अहिलेको विषम परिस्थितिमा बाहिर जाने वातावरण पनि रहेन् । त्यसैले चार्डलाई घरमै सीमित गर्दै घरकै मान्यजनबाट टीका लगायौं । बाहिर गएनौं ।’ [caption id="attachment_14306" align="alignnone" width="768"] तस्वीर : विपना कार्कीको फेसबुकबाट[/caption] असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवीशक्तिको विजय प्राप्तिको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादशैंकै सबैभन्दा महत्वपूर्ण दिन हो । तर, कोरोना भाइरसका कारण यसवर्ष दशैंको टीका विगतमाजस्तो नभएको अधिकांशको भनाई छ । घरभित्रै सिमित हुँदा यो सालको दशैं नरमाईलो लागेको छ, तानसेन टक्सारटोलकी संजिता बज्राचार्यलाई । ‘हरेक वर्ष यताउता जान्थ्यौँ । यसवर्ष कतै नगई घरभित्रै बसेर टीका लगाईयो । त्यसैले अलि नरमाईलो लाग्यो’– उहाँले सुनाउनुभयो । टक्सारटोलकै मनिन्द्रप्रसाद बज्राचार्यले टोल समाजले नै टीका लगाउन आफू पनि अरुकहाँ नजाने, बाहिरको पनि आफ्नोमा नआउन आग्रह गरिएको बताउनुभयो । उहाँले आफूले परिवारका सदस्यमात्र बसेर टीका लगाएको बताउनुभयो । दशैँको टीका र जमरा कतिपयले हिजोको दिनमात्रै लगाउँछन् भने कतिपयले कोजाग्रत पूर्णिमासम्म लगाउने गर्छन् । त्यसैअनुसार आज पनि दशैँको टीका र जमरा लगाइँदैछ । तर, यसवर्ष कोरोना सङक्रमण जोखिमका कारण चहलपहल निक्कै कम छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०७७  ०८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update