Erani Mahal
पाल्पामा थप २ जनामा कोरोना संक्रमण, २० जना संक्रमणमुक्त
Coronavirus-
पाल्पा – पाल्पामा थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाले दशैंको मुख्य दिन सोमबार दिउँसो दिएको जानकारी अनुसार तानसेन ३ का ७६ वर्षीय पुरुष र तानसेन ७ की ३० वर्षीय महिलामा संक्रमण पुष्टि भएको हो । यता, सोमबार जिल्लाका विभिन्न स्थानका थप २० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । तानसेनका ९ जना, निस्दीका ५ जना, माथागढी र रम्भाका २/२ जना, रामपुर र रिब्दिकोटका १/१ जना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले ईरानीमहललाई जानकारी दिनुभयो । संक्रमणमुक्त हुनेमा १२ जना पुरुष र ८ महिला रहेको उहाँले बताउनुभयो । पाल्पामा हालसम्म १ हजार ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ८ सय ५८ जना निको भएका छन् भने २ सय ३२ जना सक्रिय संक्रमित छन् । ९ जनाको भने कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०७७  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update