Erani Mahal
महानवमीमा भगवती मन्दिरमा दर्शनार्थीको लाइन
IMG_0781
पाल्पा – वडादशैंको नवौं दिन महानवमीका अवसरमा तानसेनस्थित श्री –७ रणउजीरेश्वरी भगवती मन्दिरमा बिहानैदेखि दर्शनार्थीको लाइन लागेको छ । कोरोना भाइरसका कारण विगतका वर्षमा जस्तो भीड नभएपनि दर्शनार्थीहरु पूजापाठ गर्न बिहानैदेखि मन्दिरमा लाइन लागेका छन् । मन्दिरमा प्रहरी खटिएका छन् । उनीहरुले दुई/दुई गरि मन्दिर भित्र प्रवेश दिएका छन् । मास्क, सामाजिक दूरी अनिवार्य गरिएको छ । घटस्थापनामा राखिएको जमरा आज मन्दिरमा चढाउने प्रचलन छ । केहीले बलि पनि दिएका छन् । हेरौं तस्वीर :
प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०७७  ०९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update