Erani Mahal
दशैंको टीकाको मुखमा ‘नमुछे आमा दहीमा टीका...’गीतको नयाँ भिडियो सार्वजनिक
namuchhe aama_
पाल्पा – वरिष्ठ गायक, संगीतकार तथा चलचित्र निर्देशक नारायण रायमाझीले दशैंको कालजयी गीत ‘नमुछे आमा दहीमा टीका ...’लाई रि–रेकर्डिङ गरेर भिडियोसहित सार्वजनिक गर्नुभएको छ । वरिष्ठ गायक नारायणका स्वर्गीय दाई लक्ष्मण रायमाझीले लेख्नुभएको ‘नमुछे आमा दहीमा टीका ...’दशैं आउने बित्तिकै धेरैले सम्झिने र सञ्चारमाध्यममा गुञ्जिने कालजयी गीत हो । परदेशी छोराले घरमा रहेकी आमालाई दशैंमा जमरा नछर्न र दहीमा टीका नमुछ्न आग्रह गरिएको गीतलाई शुरूमा नारायण रायमाझीले एकसरो लोकभाकामा आफ्नै आवाजमा रेकर्ड गराउनुभएको थियो । पछि २०५८ सालतिर दृष्टिविहीन गायक कृष्णभक्त राईले लक्ष्मी न्यौपानेसँग आधुनिक शैलीमा गाएपछि गीतको चर्चा एकाएक चुलियो । अहिले यो गीतलाई संगीतकार रायमाझी र नव–प्रतिभा रचना रिमालले गाउनुभएको छ । गीतको रेकर्डिङ् लाईभ भिडियो रायमाझीले केही दिनअघि सार्वजनिक गर्नुभएको थियो । जसलाई स्रोता/दर्शकले अत्याधिक रुचाएका छन् । शुक्रबार रीमा इन्टरटेनमेन्ट नेपालको युट्युब च्यानलमार्फत गीतको अफिसियल भिडियो सार्वजनिक गरिएको हो । गीतको भिडियोमा देवेन्द्र बब्लु, अञ्जली अधिकारी, रमा थपलिया, बाल कलाकार प्रिन्सा खड्का र मन्जिला बानिँयाको अभिनय रहेको छ । भिडियोलाई देवेन्द्र बब्लु र विन्दु खड्काले निर्देशन गर्नुभएको हो । गीतको भिडियो उत्तिकै वियोगान्त लाग्छ । पाल्पामा जन्मिनुभएका रायमाझी चलचित्र निर्देशक समेत हुनुहुनछ । पछिल्लो समय उहाँ ‘परदेशी २’को तयारीमा हुनुहुन्थ्यो, तर कोरोना सं क्रमणका कारण यो चलचित्रको छायाँकन विचमै रोकिएको छ । अव दशैंलगत्तै बाँकी छायाँकन गर्ने उहाँको तयारी छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०७७  २१:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update