Erani Mahal
काेराेना महामारीका बीच दशैं : पाल्पामा देखिएन 'पिङ्ग'
Ping palpa
पाल्पा – अवस्था सामान्य हुन्थ्यो भने यतिबेला पाल्पाका विभिन्न स्थानमा पिङ् राखिसकिएको हुन्थ्यो । केटाकेटी तथा युवायुवती पिङ् खेलेर रमाईलो गरिरहेका हुन्थे । तर, कोरोना भाइरसका कारण यसवर्षको माहोल अर्कै छ । भीडभाड हुने भन्दै यसवर्ष अधिकांश स्थानमा पिङ् राखिएको छैन् । विगतमा यतिबेला माथागढी–४, झडेवा सहित अन्य स्थानमा चर्खे पिङ्ग घुमिरहेको हुन्थ्यो । यसवर्ष भने कोरोना भाइरसको संक्रमण बढिरहेका कारण अहिलेसम्म पिङ्ग राख्ने तयारी नभएको स्थानीय बासिन्दा हरि चाैहानले बताउनुभयो । याे वर्ष काेराेना महामारीले पिङ् राख्ने अवस्था नै छैन उहाँले भन्नुभयाे वर्षमा एक पटक भुँइ छाड्नुपर्छ भन्ने मान्यता थियाे, त्याे परम्परागत मान्यता पनि पूरा नहुने भयाे । बगनासकाली ६ यम्घा गुँगाकी रम्भा सुनारले आफ्नो टोलमा अहिलेसम्म पिङ् नराखिएको बताउनुभयो । उहाँले भन्नुभयो, –‘विगतको दशैंमा यतिबेला यहाँको पौवामा पिङ् राखिएको हुन्थ्यो । दशैंमा छुट्टै रौनक हुन्थ्यो । यसवर्ष पिङ् नै राखिएको छैन् ।’ उहाँले पिङ नराखिँदा दशैंको रौनक नै नभएको बताउनुभयो । जिल्लाका अन्य धेरै स्थानमा पनि यसवर्ष पिङ्ग राखिएको छैन् । सेनाले पनि नराख्ने विगतका वर्षको दशैंमा नेपाली सेनाले तानसेनको टुँडिखेलमा पिङ् राख्दै आएको थियो । तर, यसवर्ष कोरोनाका कारण पिङ् नराखिने नेपाली सेना गोरखदल गण पाल्पाले जनाएको छ । गणका प्रमुख सेनानी जनककुमार बस्नेतले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यसवर्ष टुडिखेलमा पिङ् नराखिने बताउनुभयो । ‘पिङ राखेपछि भीडभाड हुन्छ । कोरोना महामारीको यो अवस्थामा हामी भीडभाड गर्ने पक्षमा छैनौं’– उहाँले ईरानीमहलसंग भन्नुभयो । याे वर्ष दशैँ पिङ् बिनाकाे दशैँ खल्लाे हुने भएकाे छ । गाउँघरमा पिङ् राखेर रमाइलाे हुने गरेकामा याे वर्ष काेराेनाले पिङ् देखिएकाे छैन ।
प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०७७  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update