Erani Mahal
मलेसियामा बाइक दुर्घटनामा ज्यान गुमाएका अर्चलेका रानाको परिवारलाई आर्थिक सहयोग
sahayog
पाल्पा – निस्दी गाउँपालिका वडा नम्बर–६,अर्चलेकी दीपिका रानालाई आर्थिक सहयोग प्राप्त भएको छ । वैदेशिक रोजगारीको शिलशिलामा मलेसिया पुगेका उहाँको श्रीमानको एक महिनाअघि बाइक दुर्घटनामा ज्यान गएको थियो । मृतक दिपक राना ३ वर्षअघि मलेसिया पुगेका थिए । जिएस पेपर तथा प्याकिङ कम्पनीमा कार्यरत रहेका ४४ जना नेपालीहरुले होम राई मगरको नाममा ६५ हजार १४५ रुपैयाँ पठाएका थिए । ज्ञानु आले र श्याम बहादुर सारुको नेतृत्वमा उक्त रकम निस्दी गाउँपालिका पाल्पाका प्रवक्ता एवम् वडा नम्बर ६ का वडाध्यक्ष मेख बहादुर सुनारीले रानाकै घरमा पुगेर हस्तान्तरण गर्नुभएको हो । रानाकी छोरीको अध्ययन र स्वास्थ्यमा सहयोग पुर्याउने उद्देश्यले कम्पनीका ४४ जना साथीहरु मिलेर रकम उपलब्ध गराएको ज्ञानु आलेले बताउनुभएको छ । केही महिनाअघि मात्रै आफ्ना बाबाको मृत्यु भएका रानाको दाजु पनि वैदेशिक रोजगारको सिलसिलामै भारत मुम्बईमा ज्यान गएको थियो । हाल परिवारमा श्रीमती, १ छोरी र आमा मात्रै रहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०७७  १२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update