Erani Mahal
बिहीवार पाल्पामा कोरोनाका ९ संक्रमित थपिए, १२ जना संक्रमणमुक्त
Coronavirus-
पाल्पा – पाल्पामा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीवार पूर्वखोला गाउँपालिकाका २ महिला र ३ पुरुषमा संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये २ जना स्वास्थ्यकर्मी रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । त्यस्तै बिहीवार रैनादेवी छहराका २ पुरुषमा संक्रमण पुष्टि भएको छ । उनीहरु सीजी उद्योगमा कार्यरत कर्मचारी हुन् । त्यस्तै रामपुर नगरपालिका र तिनाउ गाउँपालिकाका १/१ जना पुरुषमा बिहीवार संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसंगै पाल्पामा कोरोना संक्रमितको कुल संख्या १०५० पुगेको छ । १२ जना संक्रमणमुक्त बिहीवार १२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुने सबै पूर्वखोला गाउँपालिकाका रहेका स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले ईरानीमहललाई जानकारी दिनुभयो । योसंगै जिल्लामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७८२ पुगेको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०७७  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update