Erani Mahal
रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३ पुग्यो, बुधबार थप दुईजनाको मृत्यु
Death-from-corona
बुटवल – रुपन्देहीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगरका ४७ वर्षीय पुरुष र वडा नं. १७ मोतिपुरका ८१ वर्षीय पुरुषको उपचारका क्रममा कोरोना अस्पताल बुटवलमा मृत्यु भएको हो । भेन्टिलेटरको सहायतामा उपचार भइरहेकोमा दुवैजनाको बुधबार निधन भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार ४७ वर्षीय पुरुष असोज २४ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना थिए । उनको बुधवार बिहान १ः१० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिनुभयो । उनमा उच्च रक्तचापको समस्या रहेको डा. गौतमले बताउनुभयो । त्यस्तै ८१ वर्षीय पुरुष असोज २७ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका थिए । उनको बुधबार बिहान ५ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३ पुगेको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०७७  ०८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update