Erani Mahal
दशैंमा सीडीओ र प्रहरी प्रमुखले जिल्ला छोड्न नपाउने
palpa dao
काठमाडौं – दशैंको समयमा प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखले जिल्ला छोड्न नपाउने भएका छन् । चाडपर्वमा मानिसहरूको आवागमन बढ्ने र यसले स्वास्थ्य चुनौती ल्याउन सक्ने भन्दै दशैं विदाको अवधिमा पनि प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखलाई जिल्ला नछोड्न भन्दै गृह मन्त्रालयले सोमबार पत्राचार गरेको छ । [caption id="attachment_10003" align="alignnone" width="708"] जिल्ला प्रशासन कार्यालय, पाल्पा[/caption] बडा दशैं, नजिकिँदै गरेको तिहार, छठ, नेपाल सम्बत लगायतका चाडपर्वमा मानिसहरूको आवतजावत बढ्दा कोरोना संक्रमण थप बढ्नसक्ने भन्दै जोखिम नियन्त्रणका लागि समन्वयात्मक उपायहरू अवलम्बन गर्न निर्देशन दिएको हो । त्यस्तै, गृहले कोरोना संक्रमणबाट जोगिन स्वीकृत स्वास्थ्य प्रोटोकल अनुरूप दुरी कायम गर्ने, भिडभाड नगर्ने, मास्क अनिवार्य लगाउने, नियमित रूपमा साबुन पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्न सबैमा अनुरोध गरेको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०७७  ०९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update