Erani Mahal
पाल्पाका थप दुई कोरोना संक्रमितको मृत्यु
Death-from-corona
पाल्पा – पाल्पाका थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक दुवै तानसेन नगरपालिका भित्रका पुरुष हुन् । तानसेन २ का ८५ वर्षीय पुरुष र तानसेन ७ का ३३ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । ३३ वर्षिय पुरुषको युनिभर्सल मेडिकल कलेज भैरहवामा शुक्रबार निधन भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले ईरानीमहललाई बताएअनुसार ति पुरुषले नियमित डायलासिस गराउँदै आएका थिए । उनी निमोनियाको बिरामी समेत थिए । त्यस्तै, तानसेन २ का ८५ वर्षीय पुरुषको भने शनिबार तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा निधन भएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयले सोमबार थप २ कोरोना संक्रमितको मृत्यु भएको जानकारी गराएसंगै पाल्पामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । यसअघि पाल्पामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।
प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०७७  १७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update