Erani Mahal
पाल्पामा कोरोना संक्रमितको संख्या एक हजार नाघ्यो
Corona
पाल्पा – पाल्पामा कोरोना संक्रमतिको संख्या १ हजार नाघेको छ । सोमबार ३० जना संक्रमित थपिएसंगै पाल्पामा कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार २१ पुगेको स्वास्थ्य कार्यालय, पाल्पाले जनाएको छ ।   [caption id="attachment_11326" align="alignnone" width="525"] समाचार प्रतिनिधि तस्विर गुगल[/caption] सोमबार सबैभन्दा बढी तानसेनमा १५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै सोमबार पूर्वखोला गाउँपालिकामा ६, निस्दीमा ३, रिब्दीकोटमा ३, बगनासकालीमा १ र रामपुर नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । सोमबार थपिएका संक्रमितमध्ये २१ जना पुरुष र ९ जना महिला छन् । पाल्पामा कोरोना संक्रमितमध्ये ७ सय ७० जना निको भएका छन् । अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या २ सय ४५ रहेको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०७७  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update