Erani Mahal
हुमिन–रिङ्नेरह–ज्यामिरे सडक खण्डका खोलामा पक्की पुल बनाउन सर्भेक्षण !
kola Pul (1)
पाल्पा– जिल्लाको हुमिन रिङ्नेरह ज्यामिरे सडक खण्डका खोलामा पक्कि पुल बनाउने सर्भेक्षण सुरु गरिएको छ । सडक खण्डको पूर्वखोला गाउँपालिका भित्र रहेका क्षेत्रमा प्रारम्भिक सर्भेक्षण सुरु गरिएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले रानीमहललाई बताउनुभयो । थापाका अनुसार पहिलो चरणमा सर्भेगरेर विस्तृत परियोजना अनुसन्धान (डिपिआर) तयार गरी आवश्यक स्थानमा पुल, ग्याभिङ्ग, कचवे लगायतको कामहरु सुरु गरिने रानीमहललाई बताउनुभयो । हुमिन , रिङनेरह, ज्यामिरे सडक अन्तरग पूर्वखोला २ जल्पा पाल्पामा पने रोकुन खोला , मस्याङडी खोला र सिमल्डी खोलामा पक्कि पुल बनाउनको लागि प्रारम्भिक सवॅक्षण सम्पन्न भएको वडा अध्यक्ष निर बहादुर सारूले रानीमहललाई बताउनुभयो । खोलामा पक्की पुल नहुँदा खोला ले गदॉ वषॉमा मा आवतजावत गनॅ अवरोध हुने गरेको छ । यसै बषॅ डिपिआर पुरा गरी अकों बषॅ काम सुचारु गनॅ सकिने पाल्पा जिल्ला समन्वय समितिका सदस्य ईश्वरी प्रसाद न्यौपानेले रानीमहललाई बताउनुभयो । स्थानीय सडक पुल प्राबिधिक अधिकृत पाल्पाका जनक राज कंडेल ले पुल को प्रारम्भिक चरणमा सवॅक्षण गरुर्नभएको र त्यसको आधारमा डिपिआर गरिने उहाँले रानीमहललाई बताउनुभयो । यस सडक खण्डमा पुल बनेपछि हुमिन रिग्नेरह ज्यामिरे लगायतको स्थानीयहरुलाई यात्रधामा समेत सहज हुने भएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०७७  १०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update