Erani Mahal
पूर्वखोलाका विद्युत नपुगेको स्थानहरुमा विद्युतिकरणको काम सुरु
ad bit
पाल्पा – पूर्वखोला गाउँपालिकाको विद्युत नपुगेको स्थानहरुमा विद्युतिकरणको काम सुरु भएको छ । लामो समयदेखि विद्युतको प्रतिक्षामा रहेका स्थानीयलाई विद्युतको पहुँच पुर्याउने गरेर कामको थालनी भएको हो । गाउँपालिकाको वडा नं. २ जल्पाको दाङ्सिङ खारक, धुसेनी र वडा नं. १ को छिसको लागि विद्युतको विस्तार गर्नको लागि हाइटेन्सन लाईनको विस्तार काम भएको गाउँपालिकाका प्रवक्ता तथा वडा अध्यक्ष निरबहादुर सारुले रानीमहललाई बताउनुभयो । सारुका अनुसार विद्युत प्राधिकरणको लगानी र उपभोक्ताहरुको केही श्रमदानमा आयोजना संचालन भइरहेको र दशैं तिहारभित्र नै जडान गर्ने गरी काम भएको भएता पनि कोरोनाले गर्दा केही ढिला हिुन गएको बताउनुभयो । पूर्वखोलाका अन्य वडामा समेत विद्युत पहुँच पुर्याउनको लागि गाउँपालिकाले समेत समन्वय गरीरहेको गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले रानीमहलालाई बताउनुभयो । विद्युत विस्तारसँगै गाउँमा अध्याँरोमा बस्नुपर्ने बाध्यता समेत हट्ने विश्वास थापाले लिनुभयो ।
प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०७७  १०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update