Erani Mahal
संस्कृत तथा साधारण माविको नयाँ व्यवस्थापन समिति गठन
saskrit
चुरामणी तिमिल्सिना, गुल्मी – रुरु क्षेत्र गाउँपालिका १ मा रहेको संस्कृत तथा साधारण माध्यमिक विद्यालयको नयाँ व्यवस्थापन समिति गठन गरिएको छ । नयाँ व्यवस्थापन समितिको अध्यक्षमा रामलाल बि.क सर्वसम्मत रुपमा चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा ज्ञानु परियार, सुन्दर ज्ञवाली र निर्मला पाण्डे रहनुभएको छ ।   आईतबार नै परमानन्द ज्ञवालीको अध्यक्षतामा ८ सदस्यीय शिक्षक अभिभावक संघको पनि गठन गरिएको छ । जसको सदस्यमा उमनाथ पाण्डे, मेघराज ज्ञवाली, बिमला परियार, मिना थापा, दिलकुमारी कुवँर, हिमवत थापा र मित्रबहादुर बोहरा रहनु भएको छ । भने सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक भोजराज गौतम रहनुभएको छ । शिक्षक कृष्णप्रसाद भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु पशुपति घिमिरे, यम बहादुर पौडेल, ताराचन्द्र भट्टराई, यस्तै सदस्य मेघराज रिजाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । समितिका अध्यक्ष गुरुप्रसाद ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा रुरु क्षेत्र शिक्षा शाखा प्रमुख रामप्रसाद अधिकारी प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रमको संचालन चिरञ्जीवी ज्ञवालीले गर्नुभएको थियो ।
प्रकाशित मिति: आइतबार, कात्तिक २, २०७७  २१:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update