Erani Mahal
कोरोना कहर : पाल्पामा २ सय ३७ सक्रिय संक्रमित (कहाँ–कति तथ्यांक सहित)
121679310_348803389679993_6258020388330898759_n
पाल्पा– पाल्पामा विभिन्न स्थानमा कोरोनाको संक्रमण बढ्दै गइरहेको छ । चाडपर्व नजिकदै गर्दा बढ्दो भीडभाडसँगै कोरोना संक्रमण समेत तीव्र बन्दै गएको हो । पाल्पामा आइतवार सम्ममा २ सय ३७ जना कोरोनाका सक्रिय संक्रमितहरु पाल्पाका गाउँ गाउँमा रहेका छन् । पछिल्लो समयमा क्वारेन्टाइन र आइसोलेशन सेन्टर हटाएपछि पाल्पामा सबै संक्रमितहरु होम आइसोलेशन र अफिसको आइसोलेशनमा रहेका छन् । पाल्पामा सबैभन्दा धेरै रामपुरमा सक्रिय संक्रमित रहेका छन् । त्यहाँ ७८ जना कोरोनाका सक्रिय संक्रमितहरु छन् । त्यस्तै दोस्रोमा तानसेनमा ६६ जना रहेको छन् । माथागढीमा ११ जना, पूर्वखोलामा २४, रैनादेवी छहरामा ५, रम्भामा ३, बगनासकालीमा १९, तिनाउँमा १४, रिव्दीकोटमा ७, निस्दीमा १० जना गरी कुल २ सय ३७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकास पन्थीले जानकारी दिनुभयो । पाल्पामा अहिले सम्म ७ सय ५० जनाले कोरोनालाई जितेर घर फिर्ता भएका छन् भने ४ जनाको कोरोनाको कारण निधन भएको छ, पन्थीले भन्नुभयो, पछिल्लो समयमा समुदाय स्तरमा फैलिएको कोरोना जोखिम रोक्न सबै सर्वसाधारणले स्वास्थ्य मापदण्ड पालना गर्ने र गराउने गरेमा केही हदसम्म कम हुने पन्थीको भनाई छ । हेर्नुहोस पाल्पामा कहाँ कति कोरोना संक्रमित : पाल्पाका पालिकाहरुले कोरोना फैलिन रोक्न भन्दै अनिवार्य पिसिआर रिपोर्ट सहित बाहिरबाट आउन सर्वसाधारण्लाई उर्दी जारी गरेका छन् । केहीले भने एक हप्ता अगाडि नै अफिस बन्द गरेर दशैं मनाउन घरतर्फ लागेका छन् ।
प्रकाशित मिति: आइतबार, कात्तिक २, २०७७  १९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update