Erani Mahal
पाल्पाको कोरोना ल्यावमा ५ सय बढी नमुना परीक्षण !
pcr hospital palpa
पाल्पा– जिल्लामा स्थापना भएको कोरोना परीक्षण ल्यावमा ५ सय जनाको कोरोना परीक्षण भएको छ । तानसेनको काजिपौवामा रहेको जिल्ला समन्वय समितिको भवनमा एक हप्ता अघि संचालनमा आएको पाल्पा अस्पतालको कोरोना परीक्षण प्रयोगशाला काजिपौवामा अहिले सम्म ४ सय ८१ जनाको कोरोना परीक्षण भएको अस्पतालका अध्यक्ष नेत्र प्रसाद पाण्डेयले रानीमहललाई जानकारी दिनुभयो । अस्पतालमा दैनिक जस्तो कोरोना परीक्षणको लागि मानिसह? आउने गरेको छन्, उहाँले रानीमहललाई भन्नुभयो, पाल्पामै परीक्षण हुँदा नतिजा समेत छिटो आएकोले कन्ट्रयाक्ट टे«सिङ्गमा समेत सहज भएको छ । आइतवार सम्ममा ४ सय ८० जनाको कोरोना परीक्षण सकिएको छ, अस्पतालका इन्चार्ज खिम ध्वज कार्कीले भन्नुभयो, अहिलेसम्म आएका नमुना मध्ये ८९ जना पोजेटिभ र ३ सय ९१ जनाको नेभेटिभ रिपोर्ट आएको छ । आइतवार मात्रै २० जनाको स्वाव संकलन भएको उहाँले बताउनुभयो । यस सँगै कोरोना प्रयोगशालामा ५ सय बढीको कोरोना परीक्षण हुने उहाँले बताउनुभयो । ल्यावले स्वाव लिएको २४ घण्टा भित्र नतिजा दिने गरेको कारण बुटवल, भैरहवा, नारायणगढ लगायतका स्थानमा लैजाने समस्या समेत हटेको अस्पतालका ल्याव अधिकृत ऋषि आचार्यले बताउनुभयो । आइतवार परीक्षण ल्यावमा १८ जनाको नतिजा पोजेटिभ आएको थियो । पाल्पाका सबै स्थानीय तह, तानसेको पाल्पा अस्पताल, मिसन र सर्वसाधारणले स्वस्फुर्त ?पमा समेत कोरोना परीक्षण गर्न ल्यावमा आउने गरेको आचार्यले बताउनुभयो । पाल्पामा पिसिआर मेसिन राख्नको लागि पाल्पाका संघीय सांसद सोम प्रसाद पाण्डेयले विशेष भूमिका खेल्नु भएको थियो । यस्तै पाल्पाका जनप्रतिनिधिह? समेत यसका लागि सरकारलाई खबरदारी गर्दै आएका थिए ।
प्रकाशित मिति: आइतबार, कात्तिक २, २०७७  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update