Erani Mahal
पाल्पामा आईतवार थपिए १९ जना कोरोना संक्रमित
covid-19-test
पाल्पा – पाल्पामा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आईतबार रामपुरका ११, तानसेनका ४, पूर्वखोलाका १, रिब्दिकोटका १ र निस्दीका २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये १० जना पुरुष र ९ जना महिला छन् । [caption id="attachment_9650" align="alignnone" width="696"] प्रतिनिधि तस्विर : गुगल[/caption] योसंगै पाल्पामा कोरोना संक्रमित हुनेहरुको संख्या ९ सय ९१ पुगेको छ । जसमा ७ सय ५० जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या २ सय ३७ छ । हालसम्म कोरोनाका पाल्पामा कारण ४ जनाको मृत्यु भएको छ । पाल्पामा पछिल्लो समय संक्रमित हुनेको संख्या फेरि बढ्न थालेको छ । हिजो (शनिबार)मात्र पाल्पामा ७५ जनामा संक्रमण पुष्टि भएको थियो । त्यस्तै, शुक्रबार १३ जनामा संक्रमण पुष्टि भएको थियो ।
प्रकाशित मिति: आइतबार, कात्तिक २, २०७७  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update