Erani Mahal
बगनासकाली प्रवेशका लागि पीसीआर रिपोर्ट चाहिने !
bagnashkali gapa
पाल्पा – बगनासकाली गाउँपालिकाले चाडपर्वको समयमा विदेश तथा बाहिरी जिल्लाबाट आउने व्यक्तिहरुलाई पीसीआर रिपोर्ट अनिवार्य गरेको छ । ७२ घण्टा भित्रको पीसीआर नेगेटिभ रिपोर्ट सम्बन्धित वडाध्यक्षलाई बुझाएर मात्र आउन पाउने पालिकाले नियम बनाएको हो ।   त्यस्तै गाउँपालिकामा अत्यावश्यक बाहेकका सेवाहरु पनि बन्द गरिएको छ । समुदायस्तरमा कोरोना भाइरस संक्रमण बढ्दै गएको औल्याउँदै सोमबारदेखि ६ गतेसम्मका लागि गाउँपालिकाभित्र अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । गाउँपालिकाले ६ गतेसम्मका लागि पालिकाको कार्यालय, ९ वटै वडा कार्यालयहरु, शैक्षिक संस्थाहरुमा अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको जानकारी दिएको छ । आईतबार बसेको गाउँकार्यपालिकाको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।
प्रकाशित मिति: आइतबार, कात्तिक २, २०७७  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update