Erani Mahal
बुटवलमा एक जना काेराेना संक्रमितकाे मृत्यु
butwal-hospital
बुटवल - रुपन्देहीमा आइतबार थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–३ गोलपार्कका ५५ वर्षिय पुरुषको उपचारको क्रममा कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु भएको हो । असोज २५ गते कोरोना संक्रमण पुष्टि भएका पुरुष २७ गते अस्पताल भर्ना भई उपचार गराइरहेका थिए । उनकाे आइतबार बिहान ११ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयाे । उहाँका अनुसार कोरोना संक्रमित पुरुष उच्च रक्तचाप र कलेजोको दीर्घरोगी रहेका थिए ।
प्रकाशित मिति: आइतबार, कात्तिक २, २०७७  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update