Erani Mahal
रिब्दीकाेट गाउँपालिकाकाे ख्याहामा ह्विल चियर वितरण
cher
पाल्पा- जिल्लाकाे रिब्दीकाेट गाउँपालिका वडा नम्बर १ ख्याहा ह्विल चियर तथा छडी वितरण गरिएकाे छ । वडा समितिका अध्यक्ष विष्णु प्रसाद गैरेकाे अध्यक्षता उक्त कार्यक्रम रहेको थियोे । कार्यक्रममा प्रमुख अतिथी रिब्दिकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले अपा‌ंगता भएका व्यक्तिहरुलाइ समाजमा जीवन निर्वाहमा सहज हाेस भनेर ह्यवील चियर वितर०ा गरिएकाे बताउनुभयाे । उहाँले अपांग भएका ब्याक्ति हरुलाइ पालिकाले हरेक कार्यक्रममा सहभागिताको अबसर प्रदान गर्ने , विभिन्न तालिम तथा गोष्ठीहरु सन्चालन गर्ने तथा सिपमुलक कार्यक्रम समेत सन्चालन गर्ने योजना समेत बनाइरहेको बताउनुभयो ।वडामा रहेका अपांगता भएका व्यक्तिहरुलाइ ६ वटा ह्विल चेयर, २ वडा सेताे छडी र १ वडा बैशाखी वितरणा गरिएकाे थियाे । कार्यक्रममा समाजसेवी, जन्प्रतिनिधी कार्यलयका कर्मचारीहरु लगायतको सहभागीता रहेको थियो । कार्यक्रम मुख्यमन्त्रि ग्रामिण विकास कार्यक्रम लुम्विनी प्रदेश मुकाम बुटवलकाे अार्थिक सहयाेग र रिब्दीकाेट गाउँपालिकाकाे समन्वयमा संचालन भएकाे थियाे ।
प्रकाशित मिति: आइतबार, कात्तिक २, २०७७  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update