Erani Mahal
रम्भा गाउँपालिकाको पिपलडाँडामा प्रहरी चौकी स्थापना
Pipaldanda Police (2)
पाल्पा– जिल्लाको रम्भा गाउँपालिकाको केन्द्र रहेको स्थान पिलडाँडामा प्रहरी चौकी स्थापना गरिएको छ । चौकीको लुम्बिनी प्रदेश प्रहरी प्रवक्ता राजकुमार वैदावारले एक कार्यक्रमका बीचमा उद्घाटन गर्नुभयो । नेपाल सरकार मन्त्री परिषदको २०७६।०६।०७ गतेको निर्णय अनुसार प्रहरी सहायक निरिक्षक १, प्रहरी हवल्दार ३, प्रहरी जवान १०, प्रहरी कर्मचारी १ गरी जम्मा १५ जनाको दरबन्दी रहेन गरी चौकीको स्थापना गरिएको प्रमुख अतिथि बैदावरले बताउनुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक सन्तोष कुमार भट्टराई, रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारी उपाध्यक्ष राधा कुमारी श्रेष्ठ कृष्ण प्रसाद ढकाल प्रमुख प्रशासकीय अधिकृत लगायतले यस स्थानमा चौकी स्थापना भएकोमा खुसी व्यक्त गर्दै शान्ति सुरक्षा र अपराध नियन्त्रणमा उल्लेख्य भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयाे ।
प्रकाशित मिति: आइतबार, कात्तिक २, २०७७  १२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update