Erani Mahal
दाेभानकाे राजारानी र त्रिवेणी सामुदायिक वनकाे साधारणसभा
nnnnnnnn
पाल्पा - तिनाउ-२, हरियाली गाउँमा अवस्थित राजारानी सामुदायिक वनकाे १७ औँ वार्षिक साधारणसभा र त्रिवेणी सामुदायिक वनकाे १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । शनिबार भएकाे कार्यक्रममा छविलाल केसीकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे । कार्यक्रममा प्रमुख अतिथिका रुपमा मन्तब्य ब्यक्त गर्दै तिनाउका प्रवक्ता तथा वडा अध्यक्ष राजेश श्रेष्ठले वन सबैको साझा सम्पत्ति भएकोले यसकाे संरक्षणमा लाग्नुपर्ने बताउनुभयाे । याे समुहले काेराेनाकाे कारण राज्यले लकडाउनकाे घाेषणा गरेकाे समयमा यहाँका नागरिकहरूका लागि राहत वितरण गरेर ठूलाे गुन लगाएकाे बताउदै वन जाेगाएकै कारण यसबाट गरेकाे आम्दानी रकमलाई दिगा] विकासमा खर्च गर्नु सुझाव दिनुभयाे । साे कार्यक्रममा विशिष्ट अतिथि सामुदायिक वन समन्वय समितिका सदस्य खगेन्द्र केसीले सामुदायिक वन याे क्षेत्रकाे विकासकाे मेरुदण्ड भएको बताउनुभयो । कार्यक्रममा बल बहादुर सारु, माेहन बि क, माया थापा, माल्मति थापा र कृष्ण खड्काले शुभकामना मन्तक्य राख्नुभएकाे थियाे । सभामा राजारानी सावले २१ लाख ६६ हजार ८४५ बरावरकाे आर्थिक काराेबार र त्रिवेणी सावउसले १० लाख ९१ हजार ४७८ बराबरको काराेबार भएको जानकारी गराएकाे थियाे ।
प्रकाशित मिति: शनिबार, कात्तिक १, २०७७  १९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update