Erani Mahal
ट्याक्टर दुर्घटनामा एक जनाकाे मृत्यु
Trackter-Accident
स्याङ्जा - जिल्लाकाे भिरकोट नगरपालिका–३ साम्दीमा शनिबार ट्रेक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सोही ठाउँका २० वर्षीय विपिन जिटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । ग १ त ५६३७ नम्बरकाे ट्रेक्टर अनियन्त्रित भई सडकमै पल्टिएको थियो । ट्रेक्टरको इन्जिनले च्यापिएर जिटीको मृत्यु भएको हो । मृतकको शव परीक्षणका लागि वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा लगिएको छ । दुर्घटनामा भिरकोट–३ का १७ वर्षीय सुनिल रिजाल घाइते भएका छन् । उनको स्याङ्जा जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक १, २०७७  १८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update