Erani Mahal
पाल्पामा थपिए लकडाउन खुलेपछि सबैभन्दा धेरै कोरोना संक्रमित
nn
पाल्पा – पाल्पामा सरकारकारद्वारा जारी लकडाउन खुलेयताकै सबैभन्दा बढी कोरोनाका संक्रमितहरु थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीका अनुसार पाल्पामा लकडाउन खुलेपछि सबैभन्दा बढी शनिवार ७५ जना कोरोना संक्रमित थपिएका छन् । यस अघि लकडाउनको समयमा एकै दिन १ सय २१ जनालाई कोरोना संक्रमण भएको थियो । शनिवार थपिएका कोरोना संक्रमितहरुमा पाल्पाका रम्भा र निस्दी गाउँपालिका बाहेकका अस्पतालहरु सहित ८ वटा पालिकाहरुका रहेका छन् । शनिवार थपिएका संक्रमितहरु धेरैजसो समुदाय स्तरका रहेकाछन् । पाल्पामा ७५ जना कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ९ सय ६९ पुगेको छ । पाल्पामा अहिलेसम्म ४ जनाको कोरोनाको कारण निधन भएको छ भने ७ सय १० जना निको भएर घर फिर्ता भएका छन् । पाल्पामा अहिले कुल सक्रिय संक्रमितको संख्या २ सय १५ पुगेको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक १, २०७७  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update