Erani Mahal
चिकित्सकसहित चार कर्मचारीमा कोरोना पुष्टि भएपछि पाल्पा अस्पताल बन्द
palpa_aspatal
पाल्पा । पाल्पा अस्पतालमा कार्यरत ४ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि आकस्मिकबाहेकका सबै सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । अस्पतालले शुक्रबार एक सूचना जारी गर्दै आकस्मिकबाहेकको सेवा बन्द गरिएको जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीश कुवँरका अनुसार २ चिकित्सकसहित कार्यालय सहयोगी र सुरक्षाकर्मीमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो । डा. कुवँरले भन्नुभयो, –‘२७ गते अस्पतालबाट कर्मचारी, बिरामीसहित ९ जनाको स्वाब पीसीआर परीक्षणका लागि पठाइएको थियो । शुक्रबार आएको रिपोर्टमा ७ जनामा कोरोना संक्रमण देखियो । जसमध्ये ४ जना अस्पतालका कर्मचारी र अन्य ३ जना उपचारका लागि आउनुभएका बिरामी हुनुहुन्छ ।’ कर्मचारीमा संक्रमण देखिएपछि सेवाग्राहीमा पर्न सक्ने जोखिमलाई मध्येनजर गर्दै आकस्मिक बाहेकका सेवा बन्द गर्नुपरेको अस्पतालले जनाएको छ । सेवा बन्द गर्दा पर्न गएको असुविधाप्रति अस्पतालले क्षमा मागेको छ । अस्पतालले जारी गरेको सूचना :  
प्रकाशित मिति: शनिबार, कात्तिक १, २०७७  ०८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update