Erani Mahal
आजदेखि दशैं सुरु, घरघरमा जमरा राखिँदै
Dashain_
पाल्पा – नेपालीहरुको महान चाड दशैं आजबाट सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दशैं मनाइन्छ । दशैंको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ। आजबाट नवरात्र सुरु भएको मानिन्छ ।   आज विहानै नुहाएर नजिकको नदी वा चोखो स्थलबाट माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैं घरमा विधिपूर्पक राखेर त्यसमाथि जौ रोपिन्छ । यसलाई जमरा राख्ने भनिन्छ । आज जमरा राख्ने साइत विहान ११ बजेर ४६ मिनेटमा रहेको छ । विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धीको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ । यसपाली दशैंको टीका कात्तिक १० मा परेको छ । विजयादशमीका दिन बिहान १०ः१९ बजे देवी विसर्जन गरेपछि टीकाको शुभ साइत १०ः१९ बजे रहेको छ । यस वर्ष कोभिड–१९ महामारीका कारण दसैंमा विगत वर्ष जस्तो रौनक र उत्साह छैन। सरकारले पनि दसैंमा धेरै जमघट नगर्न र घरभित्रमात्रै एक ठाउँमा बसेर दसैं मनाउन आग्रह गर्दै आएको छ।
प्रकाशित मिति: शनिबार, कात्तिक १, २०७७  ०७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update