Erani Mahal
पाल्पामा थप एक महिलाकाे कोरोनाको कारण मृत्यु
Death-from-corona
पाल्पा - पाल्पामा विहीबार एक जना महिलाको कोरोनाको कारण मृत्यू भएको छ । जिल्लाको लुम्बिनी मेडिकल कलेजमा उपचाररत एक महिलाको निधन भएको  अस्पतालले जनाएको छ । मृत्यु हुनेमा तिनाउँ गाउँपालिका ३ दोभानकी ५४ वर्षकी महिला रहेकी छन् । निमोनियाको विरामी रहेकी ति महिला असोज २३ गते अस्पतालमा भर्ना भएकी थिइन् । उनको बुधवार कोरोना परीक्षणका लागि स्वाव पठाएकोमा विहिवार मात्रै पोजेटिभ रिपोर्ट आएको थियो ।   उनको निधनसँगै पाल्पामा कोरोनाकाट निधन हुनेको संख्या ५ पुगेको छ । यस अघि २ जना महिला र २ पुरुषको कोरोनाको कारण निधन भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, असोज २९, २०७७  २०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update