Erani Mahal
 जिल्ला प्रशासन गुल्मीद्वारा दशैं-तिहार घरमै बसेर मनाउन आदेश
dao gulmi
गुल्मी-  जिल्ला प्रशासन कार्यालय गुल्मीले दशैं-तिहारलगायतका चाडपर्वहरु घरमै बसेर मनाउन आदेश जारी गरेको छ । सार्वजनिक यातायात सञ्चालन भएको र चाडपर्व मा कोरोना संक्रमणको जोखिम बढ्ने भएकोले आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्न प्रशासन कार्यालयले आदेश दिएको हो ।     बिहीबार प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले सकेसम्म घरमै बसेर चाडपर्व मनाउन र घर अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन आदेश जारी गर्नुभएकाे हाे ।       साथै, दसैँका अवसरमा परम्परादेखि हुँदै आएका नियमित पूजापाठ बाहेक धार्मिक मेला, जात्रा, सरायँ नाचलगायतका गतिविधि नगर्न आदेश जारी गरिएको छ । कन्ट्याक्ट ट्रेसिङमा परेर स्वाब दिएका व्यक्तिहरुलाई पनि रिपोर्ट नआउन्जेल होम क्वारेन्टिनमै बस्न भनिएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज २९, २०७७  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update