Erani Mahal
माथागढी गाउँपालिकाद्वारा ८२ विपन्न परिवारकाे स्वास्थ्य विमा
20201009122920_IMG_5174
पाल्पा- माथागढी गाउँपालिकाद्वारा ८२ विपन्न परिवारकाे स्वास्थ्य विमा गरेकाे छ । स्वास्थ्य बीमाबाट बन्चित रहेका रहवासका ८२ घरपरिवारको निशुल्क स्वास्थ्य बिमा गरेकाे हाे । गाउँपालिकाले आर्थिक अभावमा स्वास्थ्य बीमा गर्न नसकेका वडा नं. ७ रहबासका विपन्न परिवारको स्वास्थ्य बीमा गरिदिएको हो । गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले गाउँपालिका भित्र रहेका आठ वटै वडाका बिपन्न परिवारलाई गाउँपालिकाले निशुल्क बीमा गरिदिएको बताउनुभयो । गाउँपालिकाका विपन्न घरपरिवारलाई पनि स्वास्थ्य सेवाको पहुँचमा ल्याउन यो कार्यक्रम अघि सारेको उहाँको भनाई छ ।
प्रकाशित मिति: बिहीबार, असोज २९, २०७७  १०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update