Erani Mahal
पूर्वखोलामा अब कोरोना जोखिम स्थानबाट आउनेले पीसीआर नेगेटिभ रिपोर्ट ल्याउनुपर्ने !
121524222_1042779296156222_7966677289108619059_n
पाल्पा – पूर्वखोला गाउँपालिकाले भारत लगायत विदेशी मुलुक तथा देश भित्रका कोरोना जोखिम स्थानहरुबाट आउँदा पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य गरेको छ । पीसीआर नेगेटिभ रिपोर्ट नल्याउने ब्यक्ति तोकिएको क्वारेन्टिनमा अनिवार्य १४ दिन बस्नुपर्ने व्यवस्था गरिएको गाउँपालिकाले मंगलबार एक सूचनामार्फत जानकारी गराएको छ । [caption id="attachment_13826" align="alignnone" width="2048"] -तस्वीर : गाउँपालिकाको फेसबुक पेजबाट[/caption]   दशैं नजिकिँदै जाँदा भारत लगायत विदेशी मुलुक तथा देश भित्रका कोरोना जोखिम स्थानहरुबाट भित्र्निेहरुको संख्या बढ्दो क्रममा रहेकोले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि यस्तो निर्णय गर्नुपरेको गाउँपालिकाले जनाएको छ । ‘त्यस्ता स्थानबाट आउने ब्यक्ति सोझै घर/समुदायस्तरमा घुलमिल हुँदा कोरोना भाईरस समुदाय स्तरमा फैलन सक्ने जोखिम उच्च भएकाले अनिवार्य रुपमा पीसीआर परीक्षण गराई ७२ घण्टा भित्रको पीसीआर नेगेटिभ रिपोर्ट साथमा लिएर नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाई आउनुपर्नेछ’ – सूचनामा भनिएको छ । पीसीआर नेगेटिभ रिपोर्ट नलिई लुकिछिपी घर आउने, समुदायका घुलमिल हुने तथा लुकिछिपी भित्र्याउन र राख्न सहयोग गर्ने गरेको पाईएमा संक्रमण रोग ऐन, २०२० बमोजिम कारबाहीका लागि सिफारिस गरिने समेत गाउँपालिकाले जनाएको छ । अत्यावश्यक कामबाहेक छिमेकी स्थानीय तहमा आवतजावत नगर्न समेत गाउँपालिकाले गाउँबासीमा आग्रह गरेको छ ।
प्रकाशित मिति: मंगलबार, असोज २७, २०७७  २२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update