Erani Mahal
एक दशकपछि माथागढीकाे मनसेवा र गढबासमा सिंचाइ याेजना, किसान खुसी
seer
पाल्पा – एक दशकको प्रयासपछि माथागढी गाउँपालिका वडा नं. ५, का बासिन्दाले सिंचाई योजना प्राप्त गरेका छन् । सिंचाई सुबिधा नहुँदा एक खेती पनि आकाशे पानीको भर पर्नुपर्ने माथागढी–५, गढबास र मनसेवाका किसानले एक दशकको लामो पर्खाईपछि सिंचाई योजना पाएपछि खेती किसानी गर्न सहज हुने भन्दै उनीहरू खुसी भएका छन् । ११ सय रोपनी जग्गामा धान सहित अन्य तीन खेती गर्नका लागि आफूहरूले एक दशकअघिदेखि नै योजना माग गरेको स्थानीय बासिन्दाको भनाई छ । हाम्रो खेतमा खेती गर्न सिंचाईको सुबिधा थिएन, वि.स. २०६६/०६७ सालदेखि नै योजना माग गरेका थियाैँ मनसेवा–गढबास सिंचाई उपभोक्ता समितिका अध्यक्ष कुलबहादुर रानाले विगत सम्झिदैँ भन्नुभयो अहिले बल्ल प्रदेश सरकारले हाम्रो माग पूरा गरेको छ, यसमा हामी खुसी छाैँ ।   [caption id="attachment_13872" align="alignnone" width="1604"] सिंचाइ याेजनाकाे अनुगमन गर्नुहुँदै प्रदेश सभा सदस्य नारायण आचार्य, सिंचाइ कार्यालय पाल्पाका प्रमुख शंकर थापा, समाजसेवी विमल काफ्ले लगायतकाे टाेली ।[/caption] सिंचाई योजना पूरा भएपछि मनसेवा र गढबासका ७० बढी घरधुरी किसानले १२ महिना धान तथा अन्य खेती गर्न सहज हुनेछ । ११ सय रोपनी खेतमा सिंचाई सुबिधा नहुँदा आकाशको भल छोप्नुपर्ने अवस्था रहेको यहाँका किसानको भनाई छ । हाम्रो खेतमा एक खेती गर्न पनि आकाशे पानीकाे भल छोप्नुपर्ने अवस्था थियो अब यो योजना सकिएपछि आकाशको पानी कहिले पर्छ भनेर पर्खेर बस्नु नपर्ने भयो अर्का स्थानीय बासिन्दा प्रेम कनौजेले भन्नुभयो ।   एक दशकको आफूहरुको सपना पूरा भएकोमा यहाँका बासिन्दा खुसी भएका छन् । सिंचाई योजना पूरा भएपछि धान उत्पादन बढ्ने र आफूहरुको मिहिनेत कम पर्ने उनीहरुको भनाई छ ।   यो सिंचाई आयोजनाका लागि लुम्विनी प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयबाट गत आर्थिक वर्षमा तीन करोड ७९ लाख बजेट विनियोजन भएकाे थियो । यही बजेटबाट टेण्डर प्रक्रिया र उपभोक्ता समितिको श्रमदानबाट सिंचाई योजना निर्माणको काम सुरु भएको यस क्षेत्रका जनप्रतिनिधि एवं प्रदेश सभा सदस्य नारायणप्रसाद आचार्यले बताउनुभयो । यस क्षेत्रका जनताको लामो समयदेखिको माग दश वर्षपछि पूरा भएको बताउँदै उहाँले जनताको समस्या समाधान गर्न प्रदेश सरकार सधैँ तत्पर रहेकोे बताउनुभयो । मनसेवा र गढबास क्षेत्रमा पानी सिंचाई गर्न दुई हजार मीटर पक्की कूलो बनिरहेको छ । योसँगै किसानको खेतसम्म पुग्नका लागि अन्य पूर्वाधार निर्माणको काम पनि हुने सिंचाई डिभिजन कार्यालय पाल्पाका प्रमुख शंकर थापाले जानकारी दिनुभयो । गोठादी खोलामा खेर बगिरहेको पानी सिंचाई गरेर वसन्ते, वर्षा र हिउँदे खेती गर्न सकिने थापाले बताउनुभयो । उहाँले सिंचाई सुबिधा भएपछि मनसेवा र गढबासका किसानले धान उत्पादनमा बृद्धि गर्ने र अन्य खेती गर्ने विस्वास गर्नुभयो ।   सिंचाई डिभिजन कार्यालय पाल्पाका सबइन्जिनियर विधान पण्डितका अनुसार यो आयोजनाको कुल लागतको तीन प्रतिशत बढी श्रमदान उपभोक्ताले बेहोर्नुपर्नेछ । यस्तै ठेक्काको जिम्मा पाएको एसिएटिक हिमाल जेभी, अर्घाखाँचीले लगभग ९७ प्रतिशत काम गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
प्रकाशित मिति: मंगलबार, असोज २७, २०७७  २१:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update