Erani Mahal
तानसेनमा ७ वर्ष म्याद गुज्रेका कस्मेटिक सामग्री बिक्री !
kl
पाल्पा – तानसेन बजारमा व्यापारीले उपभोक्तालाई दिनदहाडै ठग्ने गरेको पाइएकाे छ । व्यापारीले उपभोक्तालाई म्याद नाघेर ७ वर्ष गुज्रेका सामग्री समेत बिक्री गर्ने गरेको खुलासा भएको हो । तानसेनका केही पसलबाट उपभोक्ता म्याद नाघेका चकलेट, कस्मेटिक सामग्री, पिउने पानीबाट ठगिदैँ आएका छन् । तानसेनको बसपार्कमा रहेको होटल डायमण्डले एक वर्षअघि नै म्याद नाघेको पानीको बोत्तल अहिले पनि बिक्री गरिरहेको पाइएको छ । एक वर्षअघि नै म्याद नाघेका पानीको बोत्तल उपभोक्तालाई बिक्री गर्न भनेर फ्रिजमा राखेको पाइएको जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रशासकीय अधिकृत रमा श्रेष्ठले जानकारी दिनुभयो । अनुगमनका क्रममा सोही पसलमा अन्य खाद्य सामग्री समेत म्याद नाघेको पाइएको थियो । [caption id="attachment_13858" align="alignnone" width="960"] अनुगमनकाे तस्विर : जिल्ला प्रशासनकाे फेसबुक पेजबाट ।[/caption] उता तानसेनस्थित सिल्खानटोलमा रहेको आयूव स्टोर्समा सन् २०१३ मा म्याद नाघिसकेका श्रृङ्गारका सामग्री बिक्री गरेको पाइएको छ । सात वर्षअघि म्याद नाघेका पाउडर, अत्तर, विभिन्न प्रकारका अनुहार तथा हातमा लगाउने क्रिम फेला परेको अनुगमन टोलीले जनाएको छ । तानसेनका विभिन्न पसलमा गरिएको अनुगमनका क्रममा विभिन्न पेय पदार्थ, ससेज, सोंफ लगायतका सामग्री म्याद नाघेको अवस्थामा फेला परेको थियो । म्याद नाघेका सामग्री बिक्री गर्दै आएका व्यापारीलाई प्रशासनमा उपस्थित गराई आवश्यक अनुसन्धान गर्ने काम भइरहेको छ । करिब २५ हजार रुपैयाँ बराबरको म्याद नाघेका सामग्री जफत गरेर नष्ट गरिएको घरेलु कार्यालयका प्रमुख देवीराम भण्डारीले बताउनुभयो । उपभोक्तालाई ठगी गर्ने व्यापारीलाई कारबाहीको लागि सम्बन्धित निकायमा सिफारिस गरिने उहाँले बताउनुभयो । तानसेनका खाद्यान्न पसल, दुध डेरी, वधशाला, मासु पसल, फेन्सी पसल, कस्मेटिक पसल, औषधि पसल लगायतका पसलहरूमा मूल्य सूची, साइनबोर्ड, व्यवसाय दर्ता तथा नवीकरण, नापतौल, म्याद नाघेको सामग्री, यस अगाडिको निर्देशनको पालना गरे वा नगरेको अनुगमन गरिएको थियो । स्थानीय तहले बजार अनुगमन नै गरेनन  यसैबीच जिल्लाका अन्य पसलमा समेत दुई अढाई वर्षदेखि बजार अनुगमन भएको छैन । जिल्लाको रामपुर र तानसेन नगरपालिकामा झिनो रुपमा बजार अनुगमन भएपनि अन्य स्थानीय तहमा भने बजार अनुगमन गरिएको छैन । स्थानीय तहमा उपप्रमुख÷उपाध्यक्षको नेतृत्वमा बजार अनुगमन गर्ने प्रावधान छ । तर उपाध्यक्षको नेतृत्वमा भएको उक्त अनुगमन समिति लगभग निष्क्रिय जस्तो छ । निस्दी, पूर्वखोला माथागढी, तिनाउ, रम्भा, रैनादेवी छहरा, रिब्दीकोट र बगनासकालीमा बजार अनुगमन हुन सकेको छैन । बजार अनुगमन समतिकाे नेतृत्वले आफ्ना आफन्त, पार्टीका मानिस ठगीमा पर्ने भयले अनुगमन नगरेको उपभोक्ताको गुनासो छ ।
प्रकाशित मिति: मंगलबार, असोज २७, २०७७  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update