Erani Mahal
यातायातमा सिट क्षमता अनुसार यात्रु राख्न पाइने : भाडा पुरानै  !
yatayat-00
काठमाडाैँ - सार्वजनिक यातायातका सवारीले अजादेखि सिट क्षमताअनुसार यात्रु राख्न पाउने भएका छन् । सरकारले सार्वजनिक गाडीका पूरै सिटमा यात्रु राख्न दिने निर्णय गरेपछि उनिहरुले पूर्ण क्षमतामा यात्रु बोक्न पाउने भएका हुन् । कोरोना भाइरसको संक्रमण तिब्र गतिमा फैलिए पनि सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले दसैंमा यात्रुले दुःख पाउने भन्दै गाडीभरी यात्रु हाल्न दिने निर्णय गरेको हो । सार्वजनिक गाडीका सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयाे । उहाँका अनुसार पूरै सिटमा यात्रु चढाउन दिने निर्णयसँगै अब सार्वजनिक यातायातले पुरानै भाडा लिनुपर्ने छ । अहिले छोटो तथा लामो दुरीमा चल्ने सार्वजनिक सवारीले आधा यात्रु मात्र चढाउने गरेका थिए । भाडा भने दोब्बर लिदैँ आएका थिए । पुरै सिटमा यात्रु राखे पनि कोरोना सङ्क्रमण फैलन नदिन स्वास्थ्य मापदण्ड भने अनिवार्य पालना गर्नुपर्ने मन्त्रिपरिषद्को निर्णय छ । यस्तै बैठकले सिमा नाका र अन्तर्राष्ट्रिय उडान कात्तिक महिनाभर नखोल्ने निर्णय गरेको छ ।
प्रकाशित मिति: मंगलबार, असोज २७, २०७७  १०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update