Erani Mahal
राजेश हमालको अभिनय रहेको लोकदोहोरी गीत सार्वजनिक [भिडियो]
Capture
पाल्पा - अभिनेता राजेश हमाल अभिनित लोकदोहोरी गीत सार्वजनिक गरिएको छ । निकै कम म्युजिक भिडियोमा देखिने राजेशले देवी घर्ति र प्रकाश पराजुलीको स्वरमा रहेको ‘मञ्जरी’बोलको गीतमा अभिनय गर्नुभएको हो । गीतको भिडियोमा अभिनेता राजेशसंगै गायक तथा नायक प्रकाश सपूत, अभिनेत्री वर्षा शिवाकोटीले नृत्य गर्नुभएको छ । ‘सालको पात टपरी’का सर्जक नवराज पन्तले लेखेको गीतमा प्रकाश पराजुलीकै संगीत सुन्न सकिन्छ । भिडियोमा अभिनेता हमाललाई ‘महानायक राजेश हमाल’कै रुपमा प्रस्तुत गरिएको छ । भिडियोलाई देबेन्द्र बब्लुले निर्देशन तथा मौसम हिमालीले कोरियोग्राफी गर्नुभएको हो । देबेन्द्र प्रकाशका आफ्नै भाई हुनुहुन्छ । करन चैसिरले खिचेको भिडियोलाई प्रविन भट्टले सम्पादन गर्नुभएको हो । भिडियोको प्रस्तुतकर्ता प्रकाश जि.सी रहनुभएको छ । भिडियो :
प्रकाशित मिति: सोमबार, असोज २६, २०७७  २१:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update