Erani Mahal
पाल्पामा कोरोना परीक्षण सुरु, परीक्षण शुल्क २ हजार !
121162454_371570624213848_275005792280317200_n
पाल्पा– पाल्पा अस्पतालद्वारा संचालन गरिएको कोरोना परीक्षण ल्यावमा विहिवारबाट कोरोना परीक्षण सुरु भएको छ ।   अस्पतालले एक सूचना जारी गर्दै पाल्पामै कोरोना परीक्षण सफलतापूर्वक सुरुवात भएको जनाएको छ ।   काजिपौवाको ल्यावमा परीक्षण हुने कोरोनाको लागि प्रत्येक दिन विहान ८ बजेदेखि २ बजेसम्म नाम दर्ता गर्न सकिने सोही दिनको स्वाव संकलनको लागि र त्यस पछि नाम दर्ता भएकाको अर्कोदिन स्वाव संकलन गरिने गरी सेवाको सुरुवात भएको अस्पतालका अध्यक्ष नेत्र प्रसाद पाण्डेयले जनाकारी दिनुभयो ।     पाल्पालीको लामो समयको प्रतिक्षा र मागलाई अस्पतालले आजदेखि नियमित परीक्षणको सुरुवात गरेको छ, अध्यक्ष पाण्डेयले रानीमहलसँगको कुराकानीमा भन्नुभयो । त्यसको लागि सबैलाई धन्यवाद दिन चाहन्छौैं ।   स्वावको परीक्षण अपरान्न १२ देखि २ बजेसम्म हुने अस्पतालले जनाएको छ । स्वाव परीक्षणको लागि नेपाल सरकारले तोकेको शुल्क २ हजार लाग्ने छ ।     गाउँपालिका, नगरपालिकाबाट आएकाहरुलाई स्वास्थ्य कार्यालयको सिफारिसका आधारमा आएकाहरुको निशुल्क परीक्षण हुने अस्पतालले जनाएको छ । पाल्पामा काेराेना ल्याव संचालन गर्नका लागि पाल्पाका संघीय सांसद साेम प्रसाद पाण्डेले विशेष पहल कदमी गर्नुभएकाे थियाे ।
प्रकाशित मिति: बिहीबार, असोज २२, २०७७  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update