Erani Mahal
तानसेनमा व्यवसायिक 'कालिज' पालन सुरू
kalij1
पाल्पा – पाल्पा र रुपन्देहीका पाँच जना व्यवसायी मिलेर जिल्लामै पहिलोपटक व्यावसायिक रुपमा कालिज पालन सुरु भएको छ । तानसेनस्थित बतासेडाँडामा मास तथा चल्ला उत्पादन गर्ने उद्देश्यले कालिजको व्यावसायिक पालन सुरु भएको हो । २४ रोपनी जग्गामा पाँच करोडको लगानीमा कालिज पालन गरेको उनीहरूले बताएका छन् । बजारमा कालिजको मासु तथा चल्लाको माग अत्याधिक छ, त्यसको परिपूर्ति गर्न कालिज पाल्न थालेको सितोष्ण वाइल्डलाइफ एण्ड एग्रो रिसर्च सेन्टर प्रालिका सञ्चालक सुरेन्द्र बस्यालले बताउनुभयो । ‘बजारमा कालिजको मासु र चल्लाको माग देखेर कालिजपालन सुरु गरेका छौँ, उहाँले भन्नुभयो ।’ अहिले दुई हजार बढी कालिज हुर्किरहेको छ । उहाँका अनुसार रिङ्नेक र ब्राउन जातको दुई हजार २०० कालिज उक्त फर्ममा हुर्किरहेको छ । कालिज पालनका लागि आवश्यक पर्ने १५ देखि २५ डिग्री सेन्टीग्रडको तापक्रम भएको जग्गाको खोजी गरेर तानसेनको बतासेमा आएको उनीहरूको भनाई छ । अहिले बजारमा हुर्किएको एउटा कालिजको मुल्य चार हजार रुपियाँसम्म पर्छ । यसको मासु स्वादिष्ट हुने र स्वास्थ्यका लागि समेत फाइदाजनक हुने भएकाले कालिजको मासु बिक्री गर्न कुनै समस्या नहुने उनीहरुको भनाई छ । अहिले कालिज मात्र पाल्न थालेको र पछि त्यस फर्मलाई वन तथा वन्यजन्तु सम्बन्धी अध्ययन्स्थल बनाउने सञ्चालकले बताएका छन् ।
प्रकाशित मिति: बुधबार, असोज २१, २०७७  ११:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update