Erani Mahal
माथागढीमा वर्थिङ सेन्टरबाट ६४ जनाले प्रसुति सेवा लिए
Berthing Center
पाल्पा- जिल्लाकाे माथागढी गाउँपालिकाकाे र्थिङ सेन्टरबाट हालसम्म ६४ जनाले प्रसुति सेवा लिएका छन् । वर्थिङ् सेन्टर सुरु भएसँगै यहाँका महिलाहरुलाई प्रसुतिका लागि सहज भएको छ । गाउँपालिकामा वडा नंं. १ चिदीपानी, २ रुप्से, ३ कसेनी, ४ झडेवा, ५ हात्तिलुङ, ६, गोठादी र वडा नं.७ रहवासमा वर्थिङ सेन्टर संचालनमा छन् । गाउँमै सुरक्षित र भरपर्दो माध्यमबाट प्रसुति सेवा उपलब्ध भएपछि प्रसुति सेवाकै लागि सदरमुकाम तथा अन्य जिल्ला धाउनु पर्ने बाध्यता हटेको स्थानीय विर्सना सारूले बताउनुभयो । उहाँले भन्नु भयो गाउँमै सुत्केरी सेवा उपलब्ध भएपछि हामीलाई धेरै सहज भएको छ पहिला गाउँमै ऋण धन गरेर हस्पिटल धाउनु पर्ने अवस्था थियो यो सेवा उपलब्ध भएसँगै गाउँको प्रसुति सेवाले राहत मिलेको छ । गाउँपालिकाका स्वास्थ्य संयोजक केशव जिसीले गाउँ गाउँमा वर्थिङ सेन्टर संचालनमा आएसँगै सुरक्षित र भरपर्दो प्रसुति सेवा दिदै आएको बताउनुभयो । प्रसुति सेवाका लागि आफूहरु २४ सै घण्टा सेवामा खटिएको उहाँले बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, असोज २०, २०७७  १८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update