Erani Mahal
पाल्पामा थप १४ जनामा काेराेना संक्रमण
coronavirus_1580713677_otmjfGzE7X
पाल्पा – पाल्पामा थप १४ जना कोरोना संक्रमित भएका छन् । मंगलबार आएकाे रिपाेर्ट अनुसार समुदाय र क्वारेन्टाइनमा बसेका १४ जनामा काेराेना संक्रमण देखिएकाे हाे । पूर्वखोलाका ३ जना महिला र ९ जना पुरुष गरी १२ जना, रिब्दीकोट गाउँपालिकाका १ जना पुरुष र तानसेन नगरपालिकाका १ जना पुरुष कोरोना संक्रमित भएका हुन् । योसँगै पाल्पामा पाल्पामा ७८३ जना कोरोना संक्रमित देखिएका छन् । उनीहरुमध्ये ७१० जना कोरोना निको भएर घरमा फर्किएका छन् । पाल्पामा हालसम्म समुदाय स्तरका १७३ जनालाई कोरोना संक्रमण भएको छ । त्यसमध्ये २० जना स्वास्थ्यकर्मी मात्रै छन् । मंगलबार कोरोना निको भएर १५ जना घरमा फर्किएका स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, असोज २०, २०७७  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update