Erani Mahal
कविता : सडक मानव !
gam bayembu
- गम 'समर्पण' एक भलाद्मी मान्छे सहरको सडकमा पाईला चाल्दै जान्छ हरेक विहान हरेक साँझ व्यवसायलाई विश्वव्यापी बनाउने उसको ठूलो सपना छ उहीँ सडक छेउमा एक सडक मानव भोकले तड्पिरहन्छ रोगले ग्रासित छ ग्रीष्ममा तापले सेक्छ शिशिर याममा चिसोले कठ्याङ्ग्रिन्छ उसको न आफन्त छन् न छिमेकी/समाज छ न राज्य छ उसलाई देख्ने न सरकार नै छ उद्धार गर्ने एकदिन भोकले व्याकुल भएर उहीँ बाटो हिड्ने भलाद्मीलाई भोको पेटको लागि पाउ पर्छ निरीह आँखाबाट थोपा झार्दै बचाउको याचना गर्छ अफसोच ! भलाद्मीको वचन आउँछ- "छोड, मलाई हतार छ गरी खान सक्दैनस् तँलाई पाल्ने म हैन" तर, भलाद्मी मान्छेको घरमा जङ्गे कुकुरहरू पालिएका छन् जाडोले कठ्याङ्ग्रिने डरले न्यानो लुगा लगाई दिएका छन् दैनिक हजारौंको व्यञ्जनहरू ती भाग्यमानी कुकुरले नखाएर फोहोरमा मिल्काईरहेका हुन्छन् १८, असोज-२०७७
प्रकाशित मिति: आइतबार, असोज १८, २०७७  २१:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update