Erani Mahal
मुख्यमन्त्री पोखरेल सवार गाडीमा ढुंगा प्रहार, गाडीकाे सिसा फुट्याे !
1601817716
बुटवल - कडा सुरक्षाकाबीच बुटवल फर्कनुभएका मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीलाई लक्षित गरी आन्दोलनकारीले ढुंगा प्रहार गरेका छन् । बुटवलको मिलनचोक नजिक आन्दोलनकारीले प्रहार गरेको ढुंगाले मुख्यमन्त्रीको स्टटिङमा रहेका प्रहरीका दुइ गाडीमा क्षति पुगेको छ । प्रहरीको गाडीको शिशा फुटेको प्रहरीले जनाएको छ ।     मुख्यमन्त्रीको गाडीमा ढुंगा लागेर क्षति भएको बताइएकाे छ । यद्यपी प्रहरीले उक्त कुरालाइ अस्वीकार गरेकाे छ । शनिबार काठमाडाैँ जानुभएका मुख्यमन्त्री पोखरेल आइतवार गौतमबुद्ध विमानस्थल भैरहवाबाट बुटवल फर्कनुभएकाे थियाे । ढुंगा प्रहारपछि प्रहरीले बुटवलको मिलनचोकबाट केही आन्दोलनकारीलाई प्रक्राउ गरेको छ ।
प्रकाशित मिति: आइतबार, असोज १८, २०७७  १९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update