Erani Mahal
रामपुरस्थित कालीगण्डकी नदीमा हाम फालेकी महिलाकाे उद्धार
palpaaa
पाल्पा – कालीगण्डकी नदीमा हाम फालेकी महिलाको उद्दार गरिएको छ । आइतबार दिउँशो ३ः४५ बजेको समयमा आवेशमा आई एक्कासी कालीगण्डकी नदीमा हाम फालेकी रामपुर–५, बेझाडकी ३७ वर्षिया शर्मिला तिवारीको सकुशल उद्दार गरिएको हो । रामपुर–६, तिलपुर र चापकोट नजिकै रहेको पक्की पुलबाट हाम फालेकी तिवारीलाई हाम फालेको स्थानबाट तल १ किमी ५ सय मीटर तल नदीबाट उद्दार गरिएको रामपुर प्रहरीले जनाएको छ ।   उनले किन हाम फालेकी हुन् भन्ने विषयमा थप अनुसन्धान कार्य भईरहेको छ । उनको हाल रामपुरस्थित अस्पतालमा उपचार भईरहेको रामपुर प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असोज १८, २०७७  १८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update