Erani Mahal
पाल्पामै रेकर्डिङ तथा छायाँकन गरिएको चिदीको गीत ‘मेरो माया’ सार्वजनिक
mero maya
पाल्पा – पाल्पा जिल्ला बगनासकाली, ९ चापपानीका यमराज चिदीले ‘मेरो माया’ बोलको पप गीत ल्याउनुभएको छ । वेद माध्यमिक विद्यालयमा शिक्षण पेशामा आबद्ध रहनुभएका चिदीले सानैदेखि गायनमा रुचि राख्दै आउनुभएको थियो । यो उहाँको पहिलो सांगीतिक कोशेली हो ।     हालै सार्वजनिक गीतमा उहाँको शब्द, संगीत र स्वर छ । अभिनय लक्ष्मण सिंजाली र सरिष्मा सूर्यवंशीले गर्नुभएको छ । उहाँले यो गीतको अडियो तथा भिडियो पाल्पामै निर्माण गर्नुभएको हो । भिडियोलाई सुरज केसीले छायाँकनसंगै सम्पादन गर्नुभएको हो । भिडियो म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।   हालै सार्वजनिक यो गीत चिदीले ६ वर्षअघि लेख्नुभएको थियो । तर, रेकर्ड गर्ने मौका पाउनुभएको थिएन् । गीत ल्याएपछि धेरै जनाबाट हौसला पाएको चिदीले बताउनुभएको छ । आउँदा दिनमा पनि आफूले नयाँ गीत ल्याउने उहाँ बताउनुहुन्छ । भिडियो :
प्रकाशित मिति: आइतबार, असोज १८, २०७७  १३:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update