Erani Mahal
पूर्वमन्त्री रानालाई कोरोना संक्रमण पुष्टि
DalBdrRana
पाल्पा – पाल्पाका संघीय सांसद एवं पूर्वमन्त्री दलबहादुर रानालाई कोरोना पोजेटिभ देखिएको छ । शनिबार पाल्पाबाट काठमाडौं जानुभएका रानाको काठमाडौंमै स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।   नेकपा पाल्पाका प्रचार विभाग प्रमुख गुँरास आत्रेयका अनुसार सांसद राना अहिले काठमाडौंको सानेपास्थित स्टार अस्पतालमा भर्ना हुनुभएको छ । उहाँलाई रुघाखोकीसंगै ज्वरो आएको स्रोतले जनाएको छ ।   केही दिनअघि नेकपा पाल्पाको बैठकमा समेत सहभागी हुनुभएका रानालाई कोरोना संक्रमण देखिएपछि जिल्लास्थित नेताहरु पनि क्वारेन्टाईनमा बस्नुभएको छ ।
प्रकाशित मिति: आइतबार, असोज १८, २०७७  १२:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update