Erani Mahal
गुल्मी श्रृङ्गाकी लक्ष्मी कंडेल कृषि पेशाबाटै सन्तुष्ट
120411381_721039335147301_9113058654494228920_n
गुल्मी- जिल्लाकाे श्रृङ्गाकी लक्ष्मी कंडेल कृषिबाटै सन्तुष्ट बन्नुभएकाे छ । केही वर्ष यता देखि कृषि पेसामा रमाउदै आउनुभएको लक्ष्मीले कृषिबाटै आफ्नाे खर्च व्यहार र कमाइ नि राम्राे गर्नु भएकाे छ । कन्डेलले अहिले सम्म कृषि तालिम नलिए पनि परम्परागत कृषि बाटै मासिक रुपमा मनग्य आम्दानी गर्दै आउनु भएको छ । उहाँकै आफ्नै बारीमा मौसमी तथा बेमौसमी तरकारी लागयत विभिन्न खाद्यबालीहरु समेत उत्पादन गर्दै आउनु भएको छ । उहाँकाे बारीमा बन्दा ,काउली , अकबरी खुर्सानी, सिम्ला , हरिया साग सब्जी , करेला तथा काक्राको उत्पादन गर्नुका साथै कागती मौसम मकैबाट पनि राम्रो आम्दानी लिदै आएको लक्ष्मीको भनाइ छ । यस सिजनमा मात्रै टमाटर मकै काक्रा सिमि, बोडि ,खुर्सानी इस्कुस तथा राम भेडा , अमिलो बाट झण्डै २ लाख ५० हजार को कारोबार गरेको लक्ष्मीका श्रीमान् पशुपति कंडेलले बताउनुभयो । लक्ष्मीले दैनिक २ घण्टा मात्र आफ्नो टनेलमा काम गर्ने र अन्य समय घरको काममा बिताउने गर्नु हुन्छ । उहाँलाई सघाउ पुर्याउन आफ्नो शिक्षण पेशा सकेर पशुपति पनि लागि पर्नु हुन्छ । आफुहरुले उत्पादन गरेको कृषि जन्य सामग्री पैंचो पसलले लैजाने गरेको लक्ष्मीको भनाइ रहेको छ । लक्ष्मीको परिवारमा १ छोरा १ छोरी सासू ससुरा र श्रीमानसंगै हुनुहुन्छ । उहाँलाई घरको काममा सबैले सक्दो सहयोग समेत गर्दै आएका छन आफू यस पेशाले आत्म निर्भर मात्र नभई बैक खातामा केही रकम समेत जोडदै आएको कंडेल दम्पतीको भनाइ छ । लक्ष्मीले आफ्ना घरमा २ भैंसी समेत पाल्दै आउनु भएको र वार्षिक रुपमा दूध तथा घिउबाट पनि आम्दानी लिन सफल भएको साथै घरेलु उद्याेग तम्घासबाट आफुले १ सानो कुटानी पिसानी मेसिन पनि प्राप्त गरेको र प्राय गरी आफैले चलाउने गरेको बताउनु भयो । उहाँले आफू जस्तै सयौं दिदी बहिनिहरुलाइ विदेश हैन नेपाली माटोमा गरेर खान सिक भन्ने शन्देश दिनुभएको छ । गाउँपालिकाले आफुहरुलाइ थप सहयोग गरेमा अझै कृषि प्रती आकर्षित हुने रुरुबाट सहकर्मी चुरामणी तिमिल्सिनाले समाचार पठाउनुभएको छ।
प्रकाशित मिति: शुक्रबार, असोज १६, २०७७  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update