Erani Mahal
पाल्पामा बुधवार  तीन काेराेना संक्रमित थपिए
Coronavirus-recession
पाल्पा– पाल्पामा बुधवार ३ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकास पन्थीको अनुसार थपिएका संक्रमितमा रामपु्रका १ पुरुष रम्भाका १ पुरुष र तानसेनका १ पुरुष रहेका छन् । ३ जना थपिएसँगै पाल्पामा कुल संक्रमितको संख्या ७ सय ४३ पुगेको छ । पाल्पामा काेराेना जितेर ६ सय ६४ जना घर फिर्ता भएका छन् । उनीहरु स्वास्थ्य मापदण्ड अनुसार १४ दिन आइसोलेशनमा बसेर कुनै लक्षण नदेखिएको तथा समस्या नआएका कारण सरकारी मापदण्ड अनुसार घर फिर्ता गरिएको कार्यालयले जनाएको छ । पाल्पामा अहिलेसम्म ६ सय ६४ जनाले काेराेना जितेर घर फर्किएका छन् भने ४ जनाकाे काेराेनाकाे कारण निधन भएकाे छ । अहिले पाल्पामा ७५ जना सक्रिए काेराेना संक्रमितहरु रहेकाे स्वास्थ्य कार्यालयले जनाएकाे छ ।
प्रकाशित मिति: बुधबार, असोज १४, २०७७  १९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update