Erani Mahal
पाल्पाकाे तिनाउमा जंगली च्याउ खाँदा २ जना विरामी !
Chyau-1
पाल्पा- पाल्पाकाे तिनाउमा जंगली च्याउ खाँदा २ जना विरामी भएका छन् । विषालु च्याउ खाँदा तिनाउ गाउँपालिका वडा ६ अर्खले बस्ने ३० वर्षकी मिना सारु र उनको भाई १४ वर्षको कमल सारु अर्घाली विरामी भएकाे लुम्विनी मेडिकल कलेज प्रभासले जनाएकाे छ । च्याउ खाई बिरामी भई उपचारको लागि मंगलवार साँझ लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पा ल्याएको कलेजका निर्देशक सन्ताेष श्रेष्ठले बताउनुभयाे । उनीहरुलाइ वान्ता र पखाला निरन्तर भईरहेको भएपनि अवस्था मध्यम रहेको अस्पतालले जनाएकाे छ । अस्पतालले मिना सारुलाइ केही समस्या आएर आइसियुमा राखेर उपचार थालिएकाे अस्पतालका सूचना अधिकारी प्रदिप खनालले बताउनुभयाे । खनालका अनुसार कमल सारुकाे अवस्था भने नरमल रहेकाेले भर्ना नगरिएकाे बताउनुभयाे ।
प्रकाशित मिति: मंगलबार, असोज १३, २०७७  १९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update