Erani Mahal
काेराेना कहर : भवानी माविद्वारा गाउँमा बैकल्पिक विधिबाट पढाउँदै
120480443_340332080552074_6129068594838875228_n
पाल्पा- लामाे समयकाे लकडाउनकाे कारण विद्यालयकाे पठन पाठन प्रभावित भएकाे अवस्थामा पाल्पाकाे भवानी माविद्वारा गाउँ गाउँमा गएर विद्यार्थीकाे ज्वराे नाप्दै पढाउँदै गरेकाे छ । रिब्दिकाेट गाउँपालिका ५ कुशुमखाेलामा रहेकाे विद्यालयले गाउँ गाउँमा शिक्षक र विद्यार्थीको ज्वरो नाप्दै पढाउँने गरेकाे छ । प्रविधिको पहुँच नभएका बालबालिकाहरुको बैकल्पिक शिक्षणको सहयोगको लागि रेडियो समेत प्रदान गरिएकाे विद्यालयले जनाएकाे छ । भवानी माध्यमिक विद्यालयका शिक्षकहरू टोलटोलमा कक्षा चलाउन पुग्नुभएको छ विद्यालयका प्रधानाध्यापक रुद्र प्रसाद आचार्यले भन्नुभयाे शिक्षकहरूले वैकल्पिक माध्यमबाट टोलटोलमा पुगेर शिक्षा दिनुभएको छ । ज्वरोको परीक्षण गरी भौतिक दूरी कायम गरेर पठन पाठनमा सहजीकरण गरिरहेको र प्रत्येक केन्द्रमा पानी पिउनको लागि फिल्टर,हात धुनको लागि बाल्टिनमा पानिको व्यवस्था,सेन्टाइजर,साबुन भएको साथै प्रत्येक विद्यार्थीहरुलाई माक्सको पनि वितरण गरिएको उहाँले बताउनुभयाे । बालबालिकाहरू मास्क लगाएर टोलटोलका कक्षामा उपस्थित भइरहेका छन् प्रअ रुद्र आचार्यले भन्नुभयाे कक्षा ६ देखि १० सम्मका विद्यार्थीले दूरशिक्षा रेडियो कार्यक्रमबाट पढेका पाठ, दिएका गृहकार्य र नबुझेका केही प्रश्नहरू शिक्षकलाई बुझाउने गरेका छन् । कतिपय विद्यार्थीले लकडाउनको अवधिमा बनाएका चित्र, सिर्जना र सिकेका ज्ञान पनि प्रस्तुत गरेका छन् । पाल्पाकाे यस विद्यालयले अन्य विद्यालयलाइ समेत नमुनाकाे रुपमा शिक्षण सिकाइ क्रियाकलाप सुरु गरेकाे छ । काेराेना कहरमा टाेल टाेलमै गएर स्वास्थ्य मापदन्ड अपनाएर शिक्षण सिकाइ सुरुवात गरिएकाे छ । आइतवारदेखि गाउँपालिका र वडा शिक्षा समितिकाे सुझावकाे आधारमा शिक्षक अभिभावक संघ विद्यालय व्यवस्थापन समितिकाे निर्णयकाे आधारमा कक्षा संचालन गरिएकाे छ । पहुँच नभएका १३ जना विद्यार्थीलाइ रेडियाे समेत प्रदान गरिएकाे छ प्रअ आचार्यले भन्नुभयाे विद्यार्थी संख्या समेत कम भएकाले कक्षा अनुसार वार ताेकेर शिक्षण गतिविधि अगाडि बढाएका छाै । साना कक्षाका विद्यार्थीलाइ गृहकार्य अभिभावककाे सहयाेगमा दिएर साेही अनुसार शिक्षण सहजिकरण गरिएकाे उहाँले बताउनुभयाे । एक हप्तामा एक कक्षालाइ २ दिन सहजिकरण गर्ने र एकहप्ताकाे लागि काम दिने गरिएकाे छ ।
प्रकाशित मिति: मंगलबार, असोज १३, २०७७  १९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update